धनगढीकी २७ वर्षीया खगित्राले जन्माइन् तीन छोरा एक छोरी ! यस्तो छ अवस्था

काठमाडौं । कैलालीको धनगढी निवासी २७ वर्षीया खगित्रा शाहीले चम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । खगित्राले काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरी जन्माएकी हुन् ।

आठ महिनाको गर्भपछि शल्यक्रिया गरेर शिशुहरू निकालिएको अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। चन्दा कार्कीले बताइन् । उनका अनुसार चारै नवजात शिशुको स्वास्थ्य अवस्था अस्थिर भएकाले एनआइसियूमा राखेर उपचार भइरहेको छ । शिशुहरूको तौल एक केजी, एक केजी दुई सय ग्राम, एक केजी तीन सय ग्राम र नौ सय ५० ग्राम छ । सामान्यतया स्वस्थ नवजात शिशुको तौल दुई केजी पाँच सय ग्राम हुनुपर्छ ।

याे पनि पढ्नुस  काठमाडौंमा महिलाले जन्माइन् चार बच्चा, चिकित्सहरूले भने ‘दुर्लभ’ घटना !

शाहीलाई पनि ज्वरोको समस्या देखिएको चिकित्सकले जनाएका छन् । उनको यसअघि पहिलो सन्तानका रूपमा एउटी छोरी छिन् । एकै आमाले एकैपटक चार शिशुलाई जन्म दिएका घटना विश्वमै दुर्लभ छन् । चार लाख गर्भवतीमा एकजनामा यस्तो हुने डा। कार्कीले बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्