यसकारण हुन्छ ब्लड क्यान्सर, यस्तो छ उपचार

काठमाडौं । हड्डीको भित्री भाग अर्थात् बोनम्यारोमा रगत बन्ने गर्छ । तीनवटा तत्व हेमोग्लोबवन, सेतो रक्तकोष र प्लेटलेट्स मिलेर रगत बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा चाहिने तत्व अर्थात् अक्सिजन र हेमोग्लोबिनको मात्रा कायम राख्छ । त्यस्तै, सेतो रक्तकोषले प्रतिरोधी क्षमता बढाउने र प्लेटलेट्सले रगत बग्नबाट जोगाउने काम गर्छ ।

रगतको क्यान्सर हुनु भनेको बोनम्यारोको क्यान्सर हुनु हो । बोनम्यारोमा क्यान्सरका सेल निर्माण हुन थालेपछि रगतसँगै शरीरको प्रत्येक अंगमा पुग्ने गर्छन् । क्यान्सरका सेलले हेमोग्लोबिन, सेता रक्तकोष र प्लेटलेट्सको मात्र बढाइदिन्छन् । फलस्वरूप शरीरमा रगतको कमी हुने, अन्य संक्रमण फैलिने, रगत बगेर जानेजस्ता समस्या देखिन्छन् ।

ब्लड क्यान्सर आफैँमा खतरनाक रोग हो । यसका धेरै प्रकार छन् । बच्चामा एएलएल ब्लड क्यान्सर हुन्छ, जसलाई एक्युट ल्युक्यिमिया प्लास्टिक लिथोमिया भनिन्छ । यस्तै वयस्कमा हुने क्यान्सर सिएलएल ९सिएमएल क्रोनिक ल्युकिमिया० हो । यसबाहेक उमेर पुगेका व्यक्तिमा लिम्फोमा, क्रोनिक ल्युकिमिया, एक्युट ल्युकिमिया, मल्टिपल मायलोमा आदि क्यान्सर हुने गर्छन् ।

याे पनि पढ्नुस  ब्लड क्यान्सर पीडित देवबहादुरद्वारा सहयोगको अपिल

कसरी थाहा पाउने?

रगतमा आरबिसी र डब्लुबिसीको मात्रा बढ्नु नै ब्लड क्यान्सर हो । त्यस्तै प्लेटलेट्सको मात्रा बढ्दा पनि क्यान्सर हुने गर्छ । तर, सबै क्यान्सर रगत जाँचेर मात्रै थाहा नहुन सक्छ, कतिपयमा बोनम्यारोको जाँच गरेर मात्र क्यान्सर भएको पत्ता लगाउन सकिन्छ ।
ब्लड क्यान्सरको आफ्नै कुनै लक्षण देखापर्दैनन् । अन्य सामान्य शारीरिक समस्या देखापर्छन्, जसको उपचारको क्रममा ब्लड क्यान्सर भएको थाहा हुने हो ।
शरीरमा नीला दागदेखापर्नु, बारम्बार संक्रमण हुनु, घाउ चोटपटक लाग्दा रगत नरोकिनु, थकान र कमजोरीपन देखिनु, तीव्र रूपमा तौल घट्नु, हड्डी तथा जोर्नी दुख्नु, भोक नलाग्नु, पेटमा समस्या देखिनु आदि ब्लड क्यान्सरका प्रमुख लक्षण हुन् ।
यस्ता लक्षण अन्य रोगका कारण पनि देखिन्छन् । त्यसैले लक्षण देखिएकै आधारमा ब्लड क्यान्सर भएको यकिन गर्न सकिँदैन । बरु, स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्नुपर्ने हुन्छ ।
ब्लड क्यान्सरको उपचार किमोथेरापीबाट गर्न सकिन्छ, यसबाट करिब ७० प्रतिशत क्यान्सर निको पार्न सकिन्छ

याे पनि पढ्नुस  ब्लड क्यान्सर पीडित खत्रीलाई ‘पाँचथर सेवा समाज कतार’ द्वारा एक लाख सहयोग

कारण
क्यान्सरका विभिन्न कारण छन् । किमोथेरापी गरेका व्यक्तिमा पछि गएर ब्लड क्यान्सर हुने जोखिम रहन्छ, तर सबैमा यस्तो हुन्छ भन्ने होइन । रेडिएसन र विकिरणको प्रभावबाट पनि क्यान्सर हुन सक्छ ।
ब्लड क्यान्सरको अर्को कारक तत्व बेन्जिन केमिकल हो । वातावरणीय प्रदूषण, प्लास्टिक उद्योग आदिबाट उक्त केमिकल निस्किने गर्छ । यस केमिकलको सम्पर्कमा लामो समय बस्दा ब्लड क्यान्सर हुन सक्छ । इबी भाइरसको संक्रमण लामो समयसम्म हुनु, खराब जीवनशैली पनि अर्को कारण हो ।
ब्लड क्यान्सर वंशाणुगत पनि हुन सक्छ, प्रायः बालबालिकामा यस्तो देखिन्छ । तर, वंशाणुगत गुणबाट एकदमै थोरैमा क्यान्सर देखिने गर्छ ।

याे पनि पढ्नुस  ब्लड क्यान्सर पीडित खत्रीलाई ‘पाँचथर सेवा समाज कतार’ द्वारा एक लाख सहयोग

उपचार
ब्लड क्यान्सरको उपचार किमोथेरापीबाट गर्न सकिन्छ । किमोबाट करिब ७० प्रतिशत क्यान्सर निको पार्न सकिन्छ । क्यान्सरको प्रकृतिअनुसार उपचारको क्रम लामो समयसम्म चल्छ । सामान्यतया उपचार गर्दा ६ महिनाभन्दा बढी समय लाग्न सक्ने भएकाले आर्थिक भारसमेत बढी पर्छ ।

ब्लड क्यान्सरको अर्को उपचार बोनम्यारो प्रत्यारोपण हो । ब्लड क्यान्सर किमोबाट निको नभएमा वा उपचारपछि फेरि बल्झिएमा बोनम्यारो प्रत्यारोपण गरिन्छ । तर, बोनम्यारो प्रत्यारोपण अझै पनि नेपालमा सहज हुन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
डा.अजयकुमार झा
रगत तथा बोनम्यारो
प्रत्यारोपण विशेषज्ञ
कान्तिपुर अस्पताल

कमेन्ट गर्नुहोस्