Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौंः लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलामा ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन तोलामा ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार ७१ हजार सात सय रुपैयाँँमा कारोबार भएको तेजाबी सुन बिहीबार प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मुल्य पनि एक हजार रुपैयाँ घटेको छ ।

चाँदीको मूल्य आठ सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: