खुला ठाउँमा दिसा गरेको आरोपमा कुटेर दुई बालबालिकाको हत्या

नयाँ दिल्ली। भारतमा दुई दलित बालबालिकालाई खुला ठाउँमा दिसा गरेको भन्दै हत्या गरिएको छ। घटना मध्यप्रदेश राज्यको शिवपुरी भन्ने जिल्लाको रहेको बताइन्छ। दुवै बालकहरूलाई स्थानीय हाकिम यादव र निजका भाइ रामेश्वर यादवले कुटेर मारिदिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

बुधबार भएको उक्त घटनामा अन्य संलग्न भनिएका दुवै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र यसमा अरुको संलग्नताबारे अनुसन्धान भैरहेको जनाइएको छ।

याे पनि पढ्नुस  अटलबिहारी वाजपेयीको अवस्था गम्भीर, शीर्षनेता अस्पतालमा

उक्त घटनामा मारिनेमा १२ वर्षकी रोशनी बाल्मिकी र १० वर्षीय अविनाश बाल्मिकी रहेका छन्। कुटपिटबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिए पनि बचाउन नसकिएको समाचारमा उल्लेख छ।

मृतक बालक अविनाशका पिता मनोज बाल्मीकीले यादव बहुल जनसंख्या रहेको उक्त गाउँमा जातीय भेदभाव चरममा रहेको र कथित उपल्लो जातिका यादवहरूले दलितहरूमाथि निरन्तर थिचोमिचो गर्ने गरेका छन्।

याे पनि पढ्नुस  जहाजमा विस्फोट हुँदा पाँचको मृत्यु

उक्त गाउँमा दाद्लितहरूम्लाई गाउँको सार्वजनिक धारामा सबैभन्दा पुछारमा मात्रै पानी थाप्ने अनुमति रहेको छ। त्यहाँ दलितहरूले सबैले पानी भरिसकुन्जेल प्रतीक्षा गर्नु पर्ने नियम रहेको बाल्मिकीले बताए।

उनले दुई वर्ष अगाडि पनि अभियुक्तहरूले थोरै पैसामा मजदूरी गर्न दबाब दिएपछि निजहरूसँग आफ्नो विवाद परेको र उनीहरूले जतिसूचक शब्दहरूको प्रयोग गर्दै गाली गरेको र मारिदिने धम्की दिएको बताएका छन्।

याे पनि पढ्नुस  भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

जिल्ला सदरमुकामबाट २५ किलो मिटर टाढा रहेको उक्त स्थानमा स्थानीय प्रशासनले अतिरिक्त प्रहरी खटाएको छ।

कमेन्ट गर्नुहोस्