Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हप्ताको अन्तिम दिन पनि घट्यो सुनको मूल्य

काठमाडौंः हप्ताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन र तेजाबी सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन तोलामा ७० हजार आठ सय र तेजाबी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन तोलामा ७१ हजार रुपैयाँ तथा तेजाबी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य आठ सय ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: