यस्तो छ ‘कबड्डी, कबड्डी, कबड्डी’को एक साताको कमाई

काठमाडौंः असोज ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी, कबड्डी, कबड्डी’ले पहिलो साता ७ करोड ३८ लाख कमाई गरेको छ ।

आजदेखि दोस्रो हप्तामा प्रदर्शन भइरहेको यो चलचित्रले ओपनिङको दिन मात्र १ करोड ४७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

याे पनि पढ्नुस  अभिनेत्री रिश्मा गुरुङले कसिन् सन्दीपसँग लगनगाँठो

चलचित्र ‘जात्रै जात्रा’ पछि बक्स अफिसमा राम्रो कमाइ गरेर नेपाली निर्मातालाई उत्साह थपेको छ ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, कर्मा, विजय बराल, माओत्सु गुरुङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारले अभिनय गरेको ‘कबड्डी, कबड्डी, कबड्डी’ कमेडी जनरामा निर्माण भएको हो ।

याे पनि पढ्नुस  अभिनेत्री रिश्मा गुरुङले कसिन् सन्दीपसँग लगनगाँठो

यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । नेपाली फिल्मले दर्शक नपाइरहेका बेला ‘‘कबड्डी, कबड्डी, कबड्डी’ ले आशालाग्दो व्यापार गर्न सफल भएको हो ।

कमेन्ट गर्नुहोस्