कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौंः प्रमुख नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल केन्द्रित गर्ने भएको छ ।

काँग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने बताए । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे छलफल हुने तयारी रहेको जानकारी दिए ।

याे पनि पढ्नुस  दाङ ३ ‘ख’ अपडेटः नेकपा उम्मेद्वार खत्री ८१० मतले अगाडि

कमेन्ट गर्नुहोस्