आनीको खातामा कहाँबाट आयो १९ करोड ? ‘गोप्य अनुसन्धान’ गर्दै विभाग

काठमाडौंः गायिका आनी छोइङ डोल्माको बैंक खातामा रहेको ‘शंकास्पद रकम’माथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘गोप्य अनुसन्धान’ थालेको छ । मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा वैशाख २६, २७ र २८ गते हङकङबाट जम्मा भएको नेपाली १९ करोड रुपैयाँमाथि विभागले अनुसन्धान थालेको हो ।

विभागका सुचना अधिकारी विनोद लामिछानेले आनीको ‘शंकास्पद रकम’माथि ‘गोप्य अनुसन्धान’ गरिरहेको पृष्टि गर्दै भने, ‘विभागले अनुसन्धान गरिरहेको छ । प्रमाणित भएपछि सबै कुरा सार्वजनिक गर्छौं ।’

विदेशबाट रकम भित्र्याउन सम्बन्धित निकायको अनुमति लिनुपर्छ । एकैपटक अस्वभाविक रूपमा ठूलो रकम विदेशबाट भित्रिएपछि बैंकले राष्ट्र बैंकको ‘वित्तीय जानकारी इकाइ’ लाई जानकारी गराउनुपर्ने प्रावधान छ । त्यहीअनुसार मेगा बैंकले राष्ट्र बैंकको उक्त इकाइलाई जानकारी गराएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको हो ।

याे पनि पढ्नुस  अन्ततः छुटे उद्योगी सुलभ अग्रवाल

आनीको ‘शंकास्पद रकम’माथि ‘गोप्य अनुसन्धान’ गरिरहेको बताएका विभागका सुचना अधिकारी लामिछानेले त्यस विषयमा विस्तृत जानकारी दिन मानेनन् । ‘अनुसन्धान गोप्य हुन्छ । कानूनी रूपमा पनि अनुसन्धान पुरा नहुँदै सार्वजनिक गर्न मिल्दैन,’ लामिछानेले भने, ‘आरोप प्रमाणित भइसकेपछि मात्रै हामी मुद्दा चलाउछौं । प्रेस विज्ञप्ति निकाल्छौं, अनि सबै कुरा थाहा भइहाल्छ ।’

याे पनि पढ्नुस  हेलो सरकारमा यस्ता गुनासाः मूल्यवृद्धिले बाँच्नै गाह्रो भो, राष्ट्रपति र प्रधानमन्त्री राजा-महाराजा भए !

गायिका आनीको खातामा हङकङबाट जम्मा भएको नेपाली १९ करोड रुपैयाँमाथि छानविन नगर्न र रोक्का खाता फुकुवा गर्न प्रधानमन्त्री निकटबाट दबाब आइरहेको बताइछ । विभागका सुचना अधिकारी लामिछानेले त्यसबारे भने, ‘आनीको सम्पतिमाथि छानविन नगर्न दबाब आएको भन्ने कुरा मैले पनि मिडियामा सुनेको हुँ । हल्ला पनि चलेकै छ । तर, औपचारिक रूपमा प्रधानमन्त्री, उहाँको कार्यालय र उहाँको सचिवालयबाट विभागमा पत्र वा दबाब आएको मेरो जानकारीमा छैन ।’

याे पनि पढ्नुस  सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न समझदारी

अनुसन्धानमा संग्लन अधिकारीका अनुसार आनीले यसअघि विदेशबाट ल्याएको २० करोड रूपैयाँ खर्च गरिसकेकी छिन् । त्यतिबेला चर्को विरोध भएपछि ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा आनीले तुईन व्यवस्थापनका लागि भन्दै एक करोड सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

आर्य–तारा फाउन्डेसन, आर्य–तारा स्कुललगायत संस्थामार्फत सामाजिक काम गर्दै आएकी आनीले त्यसको स्रोत खुलाउन सकेकी छैनन् भने विदेशबाट सहयोग ल्याउँदा प्रक्रिया नपुर्याएको आरोप लाग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्