काठमाडौंः अक्षय कुमारको चलचित्र ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक भएको छ ।
फक्स स्टार हिन्दीले अक्षय कुमारको सो चलचित्रको ट्रेलर युट्युवमा आज सार्वजनिक गरेको हो ।
हाउसफुल फ्रेन्चाइज २०१० मा शुरू भएको थियो । त्यसैको यो चौथो चलचित्र हो ।
यस चलचित्रमा अक्षय कुमारसँग रितेश देशमुख, बोबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खरन्बदा र पूजा मूख्य भूमिकामा रहेका छन् । यस चलचित्रको निर्देशन फरहाद समजीले गरेका छन् ।