Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

औषधि महंगो हुनुमा कमिसनको खेल

सुरेश बास्तोला

नेपाली कम्पनी औषधिमा पुर्ण निर्भर हुँदैछ । बिभिन्न किसिमका औषधि नेपालमा उत्पादन हुँदै आएका छन् । करिब ५५ नेपाली कम्पनीका औषधि नेपालमा उत्पादित छन् भने करिब ३५ भन्दा बढी नयाँ कम्पनी दर्ता भइसकेका छन् ।

यसरी नेपाली समाजमा नेपालकै औषधि उत्पादन हुनु एक स्वाभिमानी नेपालीको नाताले गर्बकै बिषय हो। तर औषधि उत्पादन गर्दा गुणस्तरीयतामा ध्यान नदिनु यसको दुःखद् पक्ष हो । औषधि उत्पादनमा गुणस्तरीय कच्च पदार्थ नराख्नु, नाफामुखी सोच मात्र हुनु, मूल्यअनुसारको औषधिको तौल नहुनु, बिरामीको बिश्वास नजित्नु आदि अहिले नेपाली औषधि बजारमा देखिएको चुनौती हो ।

बिरामीहरुमा भारतीय औषधि भन्दा नेपाली औषधिमा बिश्वास हुनुपर्ने हो तर यसो किन भएको छैन ? नेपाल औषधि उत्पादक संघ (एपोन)ले सोच्ने बिषय यहि हो जस्तो लाग्छ । नेपाल सरकारले जस्तो कम्पनीलाई पनि किन विश्व स्वास्थ्य संगठन (WHO) र Good Manufacturing Practice (GMP) को लाइसेन्स प्रदान गरिरहेको छ ? के गुणस्तरीयता मापन गर्न पर्दैन ? बेला बेलामा नेपाली औषधिमा देखा परेका कमिसनको चलखेल, गुणस्तर पास नगरी औषधि उत्पादन हुनु, नेपाली औषधि नेपाली जनतालाइ महङ्गो हुनु जसले औषधि क्षेत्रको भद्रगोलताको पुष्टि गर्दछ ।

नेपाल सरकार यस्ता कम्पनीलाई अनुगमन नगरी के गरिरहेको छ ? अनुगमन गरे पनि नामको मात्र अनुगमन गरेको बुझिन्छ । यहि हो त सरकार को काम ? अहिलेका बाहलवाला स्वास्थ्य मन्त्री, उद्योग मन्त्रीले यस क्षेत्रमा हुने कमिसनको चलखेल, मूल्य नियन्त्रण गर्नुपर्ने, उत्पादन नियन्त्रण आदि सबै विषयमा ज्ञानबुझ गरी आवश्यक आफ्नो कदम चाल्ने को कि ?

नेपाली जनताले अहिले महङोमा खरिद गरिरहेको औषधि सस्तो मुल्यमा पाइने बुझिएको छ । किन सरकार यस्तो कुरामा सचेत भइरहेको छैन ? यो प्रश्न अहिले जताजतै उठेको छ ।

भरतपुर १३ चितवनका लेखक बास्तोला नेकपा समर्थक हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: