शुक्रबार २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौंः शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा शुक्रबार २ जिल्लाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले आज अर्घाखाँची र कपिलवस्तु जिल्लाको प्रा.वि तहको अन्तिम नतिजा प्रकाशित गरेको हो ।

अर्घाखाँचीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कपिलवस्तुको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  निमावि तहको नतिजा सार्वजनिक सुरु, पहिलो दिन ४ विषयको नतिजा (नामसहित)

गत वर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो ।

आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

कमेन्ट गर्नुहोस्