Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चाडपर्व नजिकिएसँगै २० दिनमै २८९ % बढ्यो तरकारीको मूल्य

काठमाडौंः चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाएका हुन् ।

कालीमाटी तरकारी बजारको नियमन गर्ने मुख्य दायित्व कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो । मूल्यको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्नुपर्छ । अनुगमन मौसमी हुँदा वर्षाको कारण देखाउँदै बिचौलियाले फाइदा उठाएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘किसानबाट उपभोक्तासम्म आइपुग्दा ५ तहमा मूल्य तोकिन्छ । यी विषयमा कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव दुवै जानकार छन्,’ उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले भने, ‘मन्त्रीहरू बिचौलियासँग मिले । उनीहरूसँग मिल्दा किसान र उपभोक्तालाई मार पर्यो ।’

बानियाँले बजार मूल्य बिचौलियाकै कारण बढेको दाबी गरे । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले पनि चाडबाड लाग्नेबित्तिकै व्यापारीले मूल्य बढाउने गरेको बताए । ‘वर्षाले केही असर गरे पनि केही व्यापारीले चलखेल गरे,’ उनले भने, ‘मूल्य बढ्नुको अन्य मुख्य कारण केही छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: