Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विशेष लेखः माओ र देङ भन्दा के फरक छ शी विचारधारामा ?

शी जिन पिङ विचारधाराको उद्देश्य पश्चिमसँग शीतयुद्ध थाल्नु या चीनको राजनैतिक ढाँचा अरु देशमा निकासी गर्नु होइन ।

चीनका राष्ट्रपति शी जिन पिङको मार्गदर्शक सिद्धान्तको लक्ष पश्चिमी देशहरुसँग फेरी एउटा नयाँ शीतयुद्द शुरु गर्ने या चीनको राजनीतिक मोडेल निर्यात गर्ने होइन । बरु उनले चिनियाँहरु उदार लोकतान्त्रिक विचारको सम्पर्कमा नआउने भन्ने लगायतका पार्टी(राज्यको सत्ताको विचारलाई आफ्नै देशमा अझै प्रश्रय गर्न चाहन्छन्

स्टिभ स्याङ

स्टिभ स्याङ

लण्डन, अक्टोबर २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय अधिवेशनले पार्टीको विधानमा संशोधन गर्दै नयाँ ूनयाँ युगमा चिनियाँ विशेषता सहितको समाजवादका लागि शी जिन पिङ विचारधाराू भन्ने राजनैतिक सिद्धान्त अगाडि साऱ्यो ।

द्रुततर गतिमा आधुनिकीकरण हुँदै गरेको चीन विश्व परिदृश्यमा बलियो खेलाडी भएर उदाइरहेको परिप्रेक्षमा यस सिद्धान्तलाई इतिहासको ‘बासी कुरा’ भन्दै अस्वीकार गर्न सकिएला । तर यसरी उपेक्ष गर्ने जोखिम मोल्न सकिने अवस्था भने पक्कै छैन

पार्टीको विधान संशोधन भएको पाँच महिनापछि राष्ट्रिय जन काँग्रेसले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाएको छ । चिनियाँ राष्ट्रपति शी हाल ६५ वर्षका भए । उनी स्वस्थ र उर्जावान छन् । यस नयाँ संशोधनले चीनमा सत्ता परिवर्तनका सम्भाव्य धक्काहरूलाई निषेध गर्दै राष्ट्रपति शी अझै अर्को २० वर्ष चीनको राष्ट्रपतिको रूपमा रहन सक्ने बाटो खोलिदिएको छ । यस अवस्थामा शीको नामबाट प्रतिपादित नयाँ सिद्धान्तले चीनको विकास र वैश्विक भूमिकालाई आउँदा दशकहरूमा निर्देशित गर्ने छ ।

यस अर्थमा चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा शीको नाम र सिद्धान्त सामेल गरिनुले उनलाई चीनका अरु दुई नेताको हाराहारीमा उभ्याएको छ । यी दुबै नेता समेत संविधानमा उल्लेख गरिएका छन । यसरी जनवादी गणतन्त्रका संस्थापक माओ त्से तुङ र चिनिया आधुनिकीकरणका प्रवर्तक भनिने देङ स्याओ पेङकै हाराहारीमा शीलाई उभ्याइदिएको छ । झन् राष्ट्रपति पदको कार्यकालको सीमा नै हटाइनुले त उनलाई माओयताकै सर्वाधिक शक्तिशाली चिनियाँ राष्ट्रपति बनाएको भनेर समेत धेरैले तर्क गर्न थालेका छन् ।

तर, शीलाई माओयताकै शक्तिशाली चिनियाँ राष्ट्रपनि भनेर मान्ने हो भने पनि एउटा कुरा भने पक्कै पनि फरक छ । शीको उदयले चीन पश्चिमा शब्दमा “माओकालकै अधिनायकवाद” मै फर्किन्छ भन्ने आँकलन गर्नु भने गलत हुन जान्छ । माओवादी पृष्ठभूमि भएको चीनमा अहिलेको विश्व परिदृश्यमा शीप्रति देङ यताका अन्य नेताहरूभन्दा धेरै बढी आशा गरिएको पाइन्छ । तर बिर्सिन नहुने कुरा के हो भने उनी माओवादी भने होइनन् ।

बरु उनको कार्यशैली र सरकार संचालनको तरिका माओ मातहतका प्रथम चिनियाँ राष्ट्रपति, प्रतिबद्ध लेनिनवादी पनि भनिने ल्यु शाओचीसँग मिल्ने गरेको छ । ल्यू शाओचीलेले चिनियाँ मौलिकताको पार्टी–राज्य स्थापना गर्न कन्फ्युसियसको सिद्धान्त समेत अंगीकार गरेका थिए । ल्युका लागि पार्टी नै सबै कुरा थियो । यस विपरित माओ भने पार्टी संचालनमा केही फरक र अराजक सोचाई राख्ने व्यक्तिका रुपमा देखिने गर्दथे । यसको उदाहरण संस्कृतिक क्रान्तिको अवधिमा हेर्न सकिन्छ । यस अवधिमा स्वयम् ल्यु शाओ ची समेत क्रान्तिकारीहरूको कोपभाजन बने ।

यो सन्दर्भमा हेर्दा वर्तमान राष्तट्रपति शीको शैली ल्यू शाओचीसँग मिल्न जान्छ । उनी पार्टी पद्धतिलाई बिस्तारै नियन्त्रण गर्दै संगठन संचालन गर्ने रणनीति लिने र राजनैतिक, सैन्य, निजामति र प्राज्ञिक जस्ता सबै नीतिगत क्षेत्रहरूमा “शी विचारधारा” लागू गर्दै जाने तयारीमा देखिन्छन् ।

शीको शैली देङको भन्दा पनि बिल्कुल पृथक रहेको छ । देङले आधुनिकीकरणका सबैभन्दा कारगर उपागमहरू पत्ता लगाउने क्रममा अनुभाववादी र प्रयोगात्मक शैलीमा सुधारका कार्यक्रम ल्याएका थिए । अस्सीको दशकताका देङ चिनियाँ कम्युनिस्ट पार्टीलाई राज्य संचालनका मामिलाहरूबाट अलग्याउनेबारे समेत सोच्न थालेका थिए । तर १९८९ मा ुतियानमेन चोकु घटनापछि उनले यो विचार त्यागिदिए ।

त्यसपछि पनि देङ र उनका उत्तराधिकारीहरू जियाङ जेमिन र हु जिन्ताओले चीनलाई पश्चिमका लागि खोल्ने र यसकालागि उदारवादी विचारहरूको सीमित विस्तारलाई सहन गर्ने नीति लिएका थिए । तर शीको हकमा भने यस्तो छैन । उनले गहन सुधारवादप्रति गरेको प्रतिबद्धता उनले गर्ने गरेको यसको परिभाषा र यसमा के हुनु पर्ने र के नहुनु पर्ने भन्ने कुराले प्रभावित हुने गरेको छ ।

शीले चीनमा राजनैतिक प्रयोग र उदारवादी मूल्यहरूका लागि कुनै स्थान देख्दैनन् । उनी प्रजातान्त्रीकरण, नागरिक समाज, सर्वस्वीकार्य मानव अधिकार जस्ता कुरालाई अनावश्यक ठान्ने गर्छन् । उनले सुधारवादलाई पश्चिमी विचार र अर्थतन्त्रलाई खुला छूट दिने सन्दर्भममा बुझ्दैनन । बरु ‘गहन सुधारवाद’ भन्नाले आफ्नो “भ्रष्टाचार विरोधी अभियानुका माध्यमले चिनियाँ कम्युनिस्ट पार्टीमाथि र “आर्टिफिसियल इन्टेलिजेन्स” जस्ता उन्नत प्रविधिको माध्यमले विशाल जनसंख्यामाथि नियन्त्रणलाई ठोस बनाउंदै लग्नुलाई अर्थ्याउने गर्छन् । यस्तो डिजिटल अधिनायकवाद, जसले शीले आशा गरे झैँ, उदारवादी र प्रजातान्त्रिक विचारहरूलाई जरा गाड्न बाधित गर्न थालेको छ । जबकी चीन बाँकी विश्वसँग त्यसरी नै जोडिएको छ जसरी अरू देशहरू ।

(यसरी हेर्दा, चीनले एकातिर आधुनिकीकरणलाई पूर्णरुपमा स्वीकार गरेको छ, अर्कोतर्फ उसले पार्टी नियन्त्रणलाई समेत मजबूत बनाउाद्यै लगेको छ । यो एउटा नयाँ प्रयोग हो । विगतमा यात जडसूत्रवादको नाममा पुरै कम्इुनिष्ट शासनको वकालतगर्ने या सुधारका नाममा पश्चिमी उदारवादी अर्थतनत्तलाई अबलम्बन गर्ने अवस्था देखिएमो शीले फरक ढंगले पार्टी र अर्थव्यवस्थालाई अघि बढाउन खोजेको छन् अनुवादक) ।

यो आधारमा हेर्दा, चिनियाँ नागरिकहरूले लगानीकर्ता र उपभोक्ताको रूपमा त पूर्ण स्वतन्त्रता प्राप्त गरेका छन् तर उनीहरूलाई यो स्वतन्त्रता नागरिक समाजका सदस्यका रूपमा या नागरिक समाजहरु निर्माण गर्न भने प्राप्त छैन ।

शीका लागि ‘चीनलाई फेरि महान बनाऊँ’ भन्ने आफ्नो सिद्धान्तको अर्को प्रमुख उद्देश्य प्राप्त गर्नका लागि वैश्विक खुलापन र राज्य नियन्त्रणबीचको तनाव व्यवस्थापन गर्न आवश्यक छ । एकातिर यसले पार्टी केन्द्रित राष्ट्रवाद स्थापित गर्ने र यसले आम चिनिया नागरिकलाई चिनियाँ कम्युनिस्ट पार्टी र स्वयम् शीको सर्वोच्चता सहज रूपमै स्वीकार गर्न अप्ठ्यारो नपर्ने अवस्थामा ल्याएको छ ।

अर्कोतिर ‘चीनलाई फेरि महान बनाऊँ’ भन्नुको अर्थ विश्व मन्चमा शक्ति र नेतृत्वदायी भूमिकाको खोजी गर्नु पनि हो । ‘चीनले आफ्नो शक्तिलाई लुकाउनु पर्छ र आफ्नो समयको प्रतीक्षा गर्नु पर्छ’ भन्ने देङ कालदेखिको चिनियाँ नीतिका विपरित शीले अब विश्व परिदृश्यमा देखापर्ने समय आइसकेको विश्वास गर्ने गरेका छन् ।

चीनको वैश्विक उपस्थितिलाई उकास्ने शीले आशा गर्ने गरेको तरिका प्रविधिको क्षेत्रको अग्रमोर्चामा चीनको उपस्थितिलाई सुनिश्चित गर्नु हो । त्यसका लागि हाल चीनमा प्रविधि क्षेत्रका विज्ञहरूलाई राज्य प्रदत्त सहयोगमा कुनै पनि कमी नगर्ने नीति लिएको छ । यो सरकारको ‘मेड इन चाइना २०१५’ नीति अन्तर्गतको कदम हो । यसलाई चिनियाँ प्रविधि कम्पनीहरूका वैश्विक प्रतिस्पर्धी, विशेष गरी अमेरिकी, ले अन्यायपूर्ण मान्दै आएका छन् । यसबाट अग्रणी चिनियाँ प्रविधि कम्पनीले हुआवेइले अमेरिकी सरकारको कोपभाजन किन बन्नु परिरहेको भन्ने कुरा पनि स्पष्ट हुन्छ । हुआवेइले आधुनिक समयमा अन्य चिनियाँ प्राविधिक कम्पनीहरूले जस्तै राज्यको मनग्ये समर्थन पाइराखेको छ ।

केही महिना अघि अमेरिकाको आग्रहमा क्यानाडाले हुआवेइकी प्रमुख वित्तीय अधिकृत मेङ्ग वाङ्झूलाई ठगी र इरानविरुद्ध अमरिकी प्रतिबन्धलाई अवज्ञा गरेको आरोपमा गिरफ्तार गरेको छ । शीले यसलाई चीनियाँ अडान र स्वार्थविरुद्धको कदमका रूपमा मात्रै लिएका छैनन् बरु यसलाई बदलाको कारवाहीको रूपमा समेत अर्थ्याएका छन् । यसको प्रत्युत्तरमा चीनले चीनको राष्ट्रिय सुरक्षामा आँच आउने गतिविधिुमा संलग्न रहेको आरोपमा दुई क्यानाडेली नागरिकलाई गिरफ्तार गऱ्यो । यीमध्ये एक क्यानाडेली नागरिकलाई लागू औषध तस्करी गरेको आरोपमा मृत्युदण्डको सजाय समेत सुनाइसकिएको छ ।

शी जिन पिङ विचारधाराको उद्देश्य पश्चिमसँग शीतयुद्ध थाल्नु या चीनको राजनैतिक ढाँचा अरु देशमा निकासी गर्नु होइन । बरु उनले पार्टी राज्य र सर्वसत्तावादको आफ्नै ब्राण्ड चीनभित्र तयारी गरी लागू गर्नु हो ताकी चिनियाँहरू उदार प्रजातान्त्रिक विचारहरूको सम्पर्कमा नआउन तर समृद्ध समाजको पूर्ण उपभोग गरुन । निरन्तर बढिरहेको दुर्जेय चीनसँग व्यवहार गर्दा यस तथ्यलाई बुझ्नु विश्वका लागि जरूरी छ । एभरेष्ट दैनिकका लागि भुवन निस्तेजले अनुवाद गरेको 

लेखक लण्डन स्कूल अफ ओरिएन्टर एण्ड अफ्रिकन स्टडीजमा एसओएएस चाइना इन्स्ट्च्यिूटका निर्देशक हुन्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: