Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रविधिको विकासले पठन संस्कृतिमाथि चुनौती खडाः शिक्षामन्त्री पोखरेल

सानोठिमी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल पहिलेदेखि नै जागृत भूमि भएको तर इतिहासको कालखण्डमा सामन्तवादले यसलाई साक्षरता घोषणा गर्नुपर्ने तथा विद्यालय बहरतको अभियान संचालन गर्नु पर्ने अवस्थामा पुऱ्याएको बताएका छन् ।

मन्त्री पोखरेलले जनक सभ्यता र आदि योगी शिवको भूमि रहेको नेपालमा पहिले देखि नै विमर्शको परम्परा रहेको तर समाजको कुनै वर्ग विशेषले आफूलाई सत्तामा टिकाइराख्न यसको व्याख्या मोडिदिएको बताए। उनल भने, “अवतारवाद र आस्तिकता र नास्तिकताको बहस आजको नभई परापूर्व कालदेखिकै हो, तर चार्वाकको भौतिक दर्शनप्रति तत्कालीन सत्ता असहिष्णु रह्यो र उनका कृति निर्ममतापूर्वक नष्ट पारिए ।”

मन्त्री पोखरेलले भने, “विमर्श र प्रश्न गर्ने संस्कृति हाम्रोमा नभएको होइन । तर त्यसले विडं सत्तालाई चुनौती दिन सक्ने भएकाले यसलाई बाधित पारियो ।” नेपाल बुद्धिजीवी परिषदद्वारा भक्तपुरको सानोठिमीमा आयोजित रोहित दहाल लिखित पुस्तक “विष्णुको अवतार: मार्क्सवादी दृष्टिकोण” को लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यसो बताएका हुन् ।

हाल प्रविधिको समाज विकासको गति द्रुत भएपनि यसले पठनसंस्कृतिमा ह्रास आएको बताउँदै मन्त्री पोखरेलले भने, “प्रविधिको विकासले मानिसलाई कृतिम बुद्धिमत्ताको अवस्थासम्म त ल्याइपुऱ्याएको छ तर यसले पठनसंस्कृतिमाथि चुनौती खडा गरिदिएको छ ।”

समाजमा उहिलेदेखि नै दुई धार विद्यमान रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले भने,”एकातिर त्यसतो धार छ जसले सबै कुरा ईश्वरले बनाइदिएको ठान्छ भने अर्को धारले हरेक विकास्क्रममा कार्य-कारण सम्बन्धको अन्तर्क्रिया देख्छ ।” उनले दोस्रो धार नै विज्ञानसापेक्ष रहेको बताए । उनले जीवनपद्धति वैज्ञानिक बनाउन पर्स गर्नुपर्ने कुरामा जोड दिए ।

पूर्वीय संस्कृतिबारे पाठ्यक्रममा सामेल गरिने मन्त्री पोखरेलले पूर्वीय दर्शन र संस्कृतिका महत्वपूर्ण पक्षहरूलाई पाठ्यक्रममा राखिन लागेको बताए । संस्कृतिसँग नजोडिई समाजबारे बुझ्न गाह्रो हुने उल्लेख गर्दै मन्त्री पोखरेलले राजनैतिक या सामाजिक क्रान्ति गर्न सजिलो भए पनि सांस्कृतिक क्रान्ति जटिल भएको बताए । कार्यक्रमको सभापतित्व उमानाथ लम्साल ‘उमेश’ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: