सामाजिक अभियन्ता कंडेलको बिदाई, प्रवीण गुरुङद्वारा १० हजार रियाल सहयोग

यूएईः गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएइले १६ बर्षदेखि यूएईमा कार्यरत सामाजिक अभियन्ता श्याम कंडेलको भब्य बिदाइ गरेको छ।

सन् २००३ सालमा भिजिट भिसामा आफ्ना सुनौलो सपना बाेकेर यूएई छिरेका कंडेल एयरबस दुबईमा काम गर्न थाले। पछिल्लो ६ बर्ष देखि अबुधाबी एभिएसनमा कार्यरत रहेका उनी अब स्वदेशमा नै केही गर्ने भनी फर्कदै छन्।

बिगत २०१६ देखि प्रवासी नेपालि मञ्च युएइका अध्यक्ष रहेका उनि २०१७-२०१९ कार्यकालको लागि एनआरएनए यूएईका सल्लाहकार पनि हुन्।

याे पनि पढ्नुस  युएईबाट कोरोना संक्रमित नेपालीलाई स्वदेश फर्काउन छलफल

सामाजिक काममा सदैव अग्रसर कंडेल लगायतको अग्रसरतामा परदेशमा रहेका नेपाली हरुको हितका लागि श्रम स्वीकृती, महिला घरेलु कामदारको समस्या आदि बारेमा सहजीकरण गर्न पहल गरिएको थियो। टोप बहादुर बिक बचाउ अभियान, भूकम्पलगायत बाढी पिडित सहयोगार्थ राहत संकलन कार्यक्रम आदि कार्यमा समेत उनको उच्च योगदान रहेको थियो।

यूएइमा रहेका विभिन्न संघ संगठनका प्रतिनिधि, समाजसेवी लगायत विशेष पाहुनाहरुको उपस्थिति रहेको बिदाइ कार्यक्रममा संघका अध्यक्ष प्रकाश कोइरालाको सभापतित्वमा रहेकोे थियो भने कार्यक्रम संघका महासचिव निश्चल दाहालले संचालन गरेका थिए।

याे पनि पढ्नुस  यूएईमा पनि भेटियो कोरोना भाइरस, नेपालीलाई सचेत रहन दूतावासको आग्रह

नेपालबाट आएका परराष्ट्र मन्त्रीका प्रेस बिज्ञ सुदन ज्ञावली, कतारबाट आएका NRNA ICC मध्यपूर्व उपसंयोजक प्रबीन गुरुङ्ग लगायत जनसम्पर्क समिती युएइका सभापती भवानी प्र तिमल्सिना, जनप्रगतिशिल मञ्च युएइका अध्यक्ष बाबुराम बिस्वकर्मा लगाएतको बिशेष आथिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बक्ताहरुले श्याम कंडेलको नेपाली समुदाय प्रतिको योगदान अतुलनिय रहेको र उनलाई नेपाली समाजले सधै याद गरिरहने बताएका थिए।

सोही कार्यक्रममा मध्यपुर्व उपसंयोजक प्रबिन गुरुङ्ग जो आसन्न NRNA ICC को विश्व सम्मेलनमा मध्यपुर्व संयोजक पदको प्रत्यासी छन् उनले कंडेलको योगदान प्रति सम्मान प्रकट गर्नुको साथै युएई शाखालाई १० हजार रियाल बराबरको रकम कोषमा उपलब्ध गराउने घोषणा गरेको संघका महासचिव निश्चल दाहालले जानकारी दिएका छन।

याे पनि पढ्नुस  यूएईमा कोरोना संक्रमित नेपालीको अवस्था स्थिर

कार्यक्रममा कंडेलले आफू बिदा हुन परेकोमा दुखित भए पनि सबै फर्किएर जाने देशमा सबैलाई स्वागत गर्न आतुर रहने र बिकासका बाटा खोल्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्