Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हप्ताको पहिलो दिनमै घट्यो सुनको मूल्य

काठमाडौंः हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन र तेजाबी सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ घटेको हो ।

आइतबार छापावाला सुन तोलामा ७० हजार दुई सय र तेजाबी सुन प्रतितोला ६९ हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन तोलामा ७० हजार आठ सय र तेजाबी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: