Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्ता प्रविधि आउँदैछन् मुटुरोग उपचारमा

काठमाडौंः आज विश्व मुटु दिवस हो । शरीरमा मुटुको कस्तो भूमिका छ भन्ने कुरा दोहोऱ्याइराख्नु पर्दैन ।

विश्व स्वस्थ संगठनले दिएको जानकारी अनुसार वर्षेनी लगभग २ करोड मानिस मुटुरोगका कारण मर्ने गर्छन् । यो विश्वमा हुने कुल मृत्युको ३१ प्रतिशत जति हुन आउँछ ।

विगतका समयमा बदलिँदो जीवनशैलीका कारण मुटुसम्बन्धी समस्याहरू पनि बढेर आएका छन् । साथै चिकित्साशास्त्र र प्रविधिको क्षेत्रमा पनि यस समस्याको निवारणका लागि नयाँ नयाँ खोज हुँदै गैरहेका छन् ।

हाल प्रविधिको क्षेत्रमा यस्ता उपकरणहरूको आविष्कार तर्फ विज्ञान उन्मुख हुँदैछ जसले भविष्यमा हुने हृदयाघात लगायतका अन्य मुटुसम्बधी समस्याबारे पूर्ववत जानकारी दिन सक्नेछन् ।

केही यस्ता प्रविधि धेरथोर रूपमा प्रयोगमा आइसकेका छन् । हाल थी-डी प्रिंटिंग प्रविधिले मुटु प्रत्यारोपणको लागि लाइन लागेका रोगीहरूलाई निकै राहत मिल्ने आशा गरिएको छ । यति मात्र होइन सर्च इन्जन गुगलले पनि मानिसका आँखाको विश्लेषण गरेर मुटुसम्बन्धी रोगीहरूलाई पहिलेदेखि नै सजग गर्ने प्रविधिमा शोध गरिराखेको छ ।

विश्वमा नयाँ नयाँ प्रविधिले मुटु रोगको जोखिमबारे पहिले नै थाहा दिने या मानिसहरूलाई यसबारे सजग गराउने क्षेत्रमा निकै उन्नति भैसकेको छ । आज विश्व मुटु दिवसमा यसबारे उपलब्ध केही जानकारी यहाँ साझा गरिएको छ ।

हृदयाघातसम्बन्धी भविष्यवाणी गर्न बायोमार्कर फिंगरप्रिन्ट

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले ‘आर्टिफिसियल इन्टेलिजेन्स’को मद्दतले यस्तो प्रविधिको विकास गरेको छ जसले पाँच वर्ष अगाडि नै हृदयघातसम्बन्धी भविष्यवाणी गर्न सक्छ । यस प्रविधिमा बायोमार्कर फिंगरप्रिन्टको विकास गरिएको छ जसलाई ‘फ्याट रेडियोम्याटिक प्रोफाइल (एफआरपी)’ भन्ने नाम दिइएको छ ।

एफआरपीले रक्तनलीमा रहेको बोसोको आनुवंशिकीय विश्लेषण गरेर भविष्यमा हुनसाने खतराबारे भन्न सक्ने छ । यस विश्लेषणबाट भविष्यमा त्यस्ता व्यक्स्तिहरूलाई हृदयाघातको खतराबारे समेत जानकारी दिनेछ ।

थ्री-डी प्रिन्टिङ प्रविधिबाट मानव मुटु तयार हुने

इजरायलको तेल अवीव विश्वविद्यालयका शोधकर्ताहरूले थ्री-डी प्रिन्टरको सहायताले सानो आकारको मानव मुटुको प्रारूप तयार पारेका छन् । यसलाई मानव कोशिकाहरूको सहायताले बनाइएको बताइन्छ । यस मुटुको आकार अढाई इन्च मात्र छ जबकि मानव मुटुको आकार लगभग १२ सेन्टिमिटर हुन्छ । यदि प्रविधिबाट पूर्ण आकारको मानव मुटु तयार पारिए त्यसलाई मानव शरीरभित्र प्रत्यारोपणको दिशामा समेत खोज गर्न सकिने शोधार्थी बताउँछन् ।

आनुवंशिकीय रूपमा बदलिएका सुँगुरको मुटु मानव शरीरमा प्रत्यारोपित गर्न मिल्ने
अमेरिकाको म्यासाचुसेट्समा ‘इ-जेनेसिस स्टार्टअप’ अन्तर्गत अनुवंशिकीय इन्जिनियरिङका माध्यमले यस्ता सुँगुरहरूको विकास गरिँदैछ जसका शरीरका अंग मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछन् ।

यस्तो हुन सकेको खण्डमा मुटु रोगका कारण हुने एक तिहाई मृत्यु कम गर्न सकिने शोधार्थीहरू बताउँछन् । मानव शरीरमा जनावरका अङ्ग प्रत्यारोपण गर्ने प्रयत्न लामो समयदेखि भैरहेको छ । मानव र जनावरको शरीर र क्रोमोजोममा हुने फरक प्रकारका कारण यस्तो प्रयासमा सफलता प्राप्त हुन सकेको छैन । अब शोधार्थीहरूले जनावरका अङ्गलाई मानव शरीर अनुरुप ढाल्ने कोशिसमा लागेका छन् ।

गुगलले बनाउँदैछ आँखाको विश्लेषण गरेर हृदयाघातबारे बताउने प्रविधि:

गुगलको नयाँ परियोजनामा यस्तो प्रविधिको विकास गरिने भएको छ जसले मानिसका आँखाको विश्लेषण गरेर सम्भाव्य हृदयघातबारे जानकारी दिनसक्ने छ ।

यस योजनामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘मशीन लर्निङ’ प्रविधिको प्रयोग हुने भएको छ । यसमा आँखाको रेटिनाको तस्बिरहरूको मध्यमबाट मानिसको उमेर, रक्तचाप, तौल आदिको बारेमा थाहा हुनुका साथै मुटुका लागि घटक बानीहरूबारे पनि यसले बताउन सक्ने छन् ।

यसबाट मानिसमा हृदयघातको सम्भावनाबारे अनुमान लगाउन सकिने बताइन्छ । यी सबै जानकारीका सहायताले गुगलको ‘डीप लर्निंग एल्गोरिदम’ले हालसम्म लगभग तीन लाख बिमारीहरूमा यसको प्रयोग समेत भइसकेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: