कार्टुन्ज क्रु र भिमफेदी गाईजको ‘अकेला दुकेला’ सार्वजनिक(भिडियो)

काठमाडौं–कार्टुन क्रुको नयाँ ‘अकेला दुकेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुरारी गुरागाई र टीका प्रसाईले स्वर दिएको गीतमा राजेन्द्र थापाको शब्द र दीपक भट्टराईको संगीत रहेको छ ।

सरोज अधिकारीले निर्देशन गरेको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । कार्टुन्ज क्रु र भिमफेदी गाईजको संयुक्त फिचरिङ रहेको भिडियोलाई आश्मा विश्वकर्मा र सविन चोहानको कोरियोग्राफी गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन् भने लाक्पा डी लामाको सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्