Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२४ वर्षपछि फरार अभियुक्त पक्राउ

पर्साः चार बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।

वि.सं २०५२ सालमा सर्वोच्च अदालतले कसुरदार ठहर गरेको फरार व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार पक्राउ गरेका व्यक्ति वीरगन्ज महानगरपालिका–१२ बस्ने चिनवा भन्ने समिम अख्तर अंसारी रहेका छन् ।

लुकिछिपी बस्दै आएका अंसारीलाई पर्सा प्रहरीले उनकै गाउँघरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अभियुक्तलाई सम्मानित अदालतमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: