Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दसैं नजिकिँदै गर्दै सुनको मूल्य लगातार घट्दै

काठमाडौंः नेपाली बजारमा सुनचाँदीको मूल्य पछिल्लो दिनयता लगातार घटिरहेको छ । आइतबार छ सय रुपैयाँ घटेको सुनको मूल्यमा सोमबार दुई सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा ७० हजार र तेजाबी सुन प्रतितोला ६९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन तोलामा ७० हजार दुई सय र तेजाबी सुन प्रतितोला ६९ हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: