Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जापान जाने भाषा परीक्षामा सहभागी हुन गोलाप्रथा जित्नुपर्ने !

काठमाडौंः जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरका लागि हुन लागेको धेरैले भाषा परीक्षामा सहभागी हुने देखिएपछि जापानले गोलाप्रथा गर्न लागेको हो ।

जापानले गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने छ । जापानले गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने छ । भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोलाप्रथाबाट छनोट गर्ने जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

फाउन्डेसनले अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा भाषा परीक्षा लिने छ । उक्त भाषा परीक्षणमा सहभागी हुन जापान फाउन्डेसनले सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म फर्म भर्नुपर्छ । त्यसपछि दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म भाषा परीक्षण हुनेछ ।

भाषा परीक्षामा ६० प्रतिशतभन्दा बढी ल्याउनेलाई मात्रै जापान लैजाने जापान फाउन्डेसनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: