जब राजेश हमालले करिश्मालाई प्रेम प्रस्ताव राखे (भिडियो)

काठमाडौंः महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जीवन्त अभिनय रहेको गीत ‘चट्ट बसम देउरालीमा’को भिडियो सार्वजनिक गरिएको छ ।

राजेश र करिश्मा अभिनित एक समयको सफल चलचित्र साथीको चर्चित गीत ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन’को स्मरण गर्दै कथात्मक शैलीमा सुरु गरिएको यस गीतमा राजेशले करिश्मालाई आफूले अङ्ग्रेजी सिकेको कुरा स्मरण गराएको र राजेशले प्रेम प्रस्ताव राखेको दृश्यलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ ।

याे पनि पढ्नुस  नायिका करिश्मा मानन्धरको जन्मदिन, कति वर्ष लागिन् त ?

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा नेपाली गजल र सुगम संगीतमा लामो समय बिताएका भिम चापागाईंले गायिका मेलिनासंगको युगल गायनमा तयार गरेको डान्सिङ बिटको गीतमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको छ । उत्सब दाहालले छायांकन गरेको गीतको सम्पादन अच्युत बजागाइले गरेका छन् ।

याे पनि पढ्नुस  राजेश हमालको बारेमा बोलेपछि विवादमा तानिए निश्चल

कुनै समय चलचित्रमा एकसाथ काम गरेर वाहवाही पाएको यो जोडीले फेरी एकसाथ काम गर्दा गीतले फिल्मकै झल्को दिएको कतिपयले प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्