त्रिकोणात्मक सिरिजः जिम्बाब्वेविरुद्ध नेपाललाई बदला लिने मौका

काठमाडौंः सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले मंगलबार जिम्बावेविरुद्ध खेल्दै छ ।

सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रने छ । खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

याे पनि पढ्नुस  टी–२० सिरिजः इंग्ल्याण्डले दियो न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य

दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । सिरिजमा प्रतिस्पर्धा गरिरहेका नेपाकल, जिम्बावे र आयोजक सिङ्गापुरले समान २–२ अंक जोडेका छन् ।

आइतबार राति सम्पन्न खेलमा जिम्बावे सिङ्गापुरसँग पराजित भएको छ । सिङ्गापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको हो । अङ्क तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ ।

याे पनि पढ्नुस  भारत भर्सेस न्यूजिल्याण्डः आजको खेलमा कसले के कीर्तिमान बनाए?

जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ । डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छ ।

कमेन्ट गर्नुहोस्