Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

के–के हुन् दर्शनका आधार?

डा. बेदुराम भुसाल । दर्शनको अध्ययन गर्दा दर्शनका आधारहरू केके हुन् भन्ने कुरा पनि एउटा महत्वपूर्ण विषय हो । यस विषयमा चर्चा गर्दाखेरि के मा प्रष्ट हुनुपर्छ भने दर्शन मानव चिन्तन हो । मान्छेले चिन्तन गरेर निकालेको विषयवस्तु हो । त्यसैले हामीले दर्शनलाई मानव र मानव समाजको सिर्जनाको रूपमा लिनुपर्दछ । मानवको र मानव समाजको जीवनको आधार वस्तुगत जगत हो । त्यसकारण दर्शनको पहिलो आधार वस्तुगत जगत नै हो ।

दर्शनको आधारको पहिलो कुरा भौतिक जगत, दोस्रो भौतिक परिस्थिति र तेस्रो भनेको मानव समाजको समसामयिक परिस्थिति हो । कस्तो परिस्थितिमा मान्छे बाचिरहेको छ, तदनुरूप नै उसले सोच्दछ ।

मान्छे जुन परिस्थितिमा बाचिरहेको हुन्छ, त्यसैअनुसार उसले चिन्तन गरिरहेको हुन्छ । आजको मान्छेले आजभन्दा १० हजार बर्ष पहिलेको चिन्तन गर्दैन । त्यसैले मान्छे जुन परिस्थितिमा बाचिरहेको हुन्छ उसले त्यसै अनुसार चिन्तन गर्दछ र उसले प्रश्नहरू पनि त्यसैअनुसार गर्छ । ती प्रश्नका उत्तरहरू पनि उसैले खोज्ने गर्छ । त्यसै क्रममा दर्शन जन्मिएको हो । त्यसले गर्दाखेरि दर्शनको आधार भनेको भौतिक जगत हो । दर्शनको आधारको पहिलो कुरा भौतिक जगत, दोस्रो भौतिक परिस्थिति र तेस्रो भनेको मानव समाजको समसामयिक परिस्थिति हो । कस्तो परिस्थितिमा मान्छे बाचिरहेको छ, तदनुरूप नै उसले सोच्दछ ।

प्रकृतिमा विभिन्न खालका घटनाहरू घट्छन् । घाम लाग्छ, उज्यालो हुन्छ, अध्यारो हुन्छ, पानी पर्छ, हिउँ पर्छ, बर्खामा विरुवाहरू हरियो भएर आउँछन्, हिउँदमा खडेरी पर्छ र सुकेर जान्छन् । यस्ता घटनाहरूले मानिसको दिमागमा प्रभाव पार्छन् ।

त्यसकारणले जीवनको अवस्था, कुन अवस्थामा आफू बाचिरहेको छ, तदनुरूप नै मान्छेले सोच्दछ, बहस गर्दछ, छलफल गर्दछ र निष्कर्श निकाल्दछ । ती निष्कर्शहरू दर्शनको प्रणालीको रूपमा विकसित हुन्छन् । संगसंगै दर्शनको आधारलाई हेर्दाखेरि अर्को कुरा पनि हामीले जोड्नुपर्ने हुन्छ । त्यो भनेको प्रकृतिमा घट्ने घटनाहरू हुन् । जसलाई प्रकृतिका गतिविधि पनि भन्न सकिन्छ ।

प्रकृतिमा विभिन्न खालका घटनाहरू घट्छन् । घाम लाग्छ, उज्यालो हुन्छ, अध्यारो हुन्छ, पानी पर्छ, हिउँ पर्छ, बर्खामा विरुवाहरू हरियो भएर आउँछन्, हिउँदमा खडेरी पर्छ र सुकेर जान्छन् । यस्ता घटनाहरूले मानिसको दिमागमा प्रभाव पार्छन् । किन यस्तो भैरहेको छ ? यसको कारण के हो ? यसबारे मानिसले कारण खोज्दछ । यसबारे मैले पहिले नै चर्चा गरिसकेको छु । कारण त्यस क्रममा एउटाले कारण खोज्छ र अर्कोले कर्ता खोज्छ ।

समाज विकास हुँदै जान्छ, तब दार्शनिक विचारमा पनि विकास हुदैँ जान्छ । त्यसैकारण वस्तुगत जगत, वस्तुगत परिस्थिति, वस्तुगत जीवनका अवस्था र प्रकृति, प्रकृतिका घटनाहरूसँग मान्छेको सम्बन्ध र मान्छेको व्यवहार नै दर्शनका आधारहरू हुन् ।

एउटाले कसले यस्तो गर्छ भन्छ र अर्कोले कसरी यस्तो हुन्छ भन्छ । प्रकृतिमा घट्ने घटनाहरूको कारण खोज्दै जादाँ वा कर्ता खोज्दै जादाँ चिन्तनको विकास हुन्छ । त्यसैले दर्शनको रूप लिन्छ । त्यसो हुनाले दर्शनको आधारको खोजी गर्दा प्रकृतिका घटनाहरू र मानव व्यवहार, त्योसँग जोडिएर मान्छेले जुन व्यवहार गर्छ, त्यो व्यवहारलाई दर्शनको आधार मानिन्छ । त्यहि आधारमा दर्शनहरू बन्छन् । जब समाज विकास हुँदै जान्छ, तब दार्शनिक विचारमा पनि विकास हुदैँ जान्छ । त्यसैकारण वस्तुगत जगत, वस्तुगत परिस्थिति, वस्तुगत जीवनका अवस्था र प्रकृति, प्रकृतिका घटनाहरूसँग मान्छेको सम्बन्ध र मान्छेको व्यवहार नै दर्शनका आधारहरू हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: