दुबईमा बस दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको मृत्यु

यूएईः यूएईको दुबईमा बस दुर्घटना हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीका अनुसार मृत्यु हुने नेपालीमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउँद रहेका छन् ।

याे पनि पढ्नुस  रसुवामा बस दुर्घटना, ७ जना घाइते

दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुको नेपालस्थित ठेगाना भने खुलेको छैन ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

याे पनि पढ्नुस  म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु

दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भइरहेको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  पृथ्वी राजमार्गमा दुई बस ठोक्किए, ४० घाइते

कमेन्ट गर्नुहोस्