सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवनकै छैन नक्सापास

काठमाडौंः मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सापास नगरी बनाइएको छ । भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरिएको छैन ।
हाल वीर अस्पताल रहेकै स्थानमा १७ रोपनी क्षेत्रफलमा गत वर्षको असारदेखि भवन निर्माणाधीन छ । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ । कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । काठमाडौं महानगरपालिका– २७ का अनुसार पटकपटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सापास तथा इआइए गराएका छैनन् ।

याे पनि पढ्नुस  प्रचण्डले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो’

वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भवन निर्माण भएको वर्ष दिन बितिसक्दा पनि वीर र भवन विभागले नक्सापास नगरेको बताए । ‘वडामा नयाँ अस्पताल बनेको छ । त्यो वडाका लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘तर, यो भवनको नक्सापास भएको छैन, न इआइए परीक्षण नै गरिएको छ । सरकारकै यति जिम्मेवार निकायले किन नक्सापास नगरी यति ठूलो भवन बनायो, बुझ्न सकिएको छ । यसका लागि हामीले पटकपटक ताकेता गरेका छौँ । तैपनि उनीहरू अटेर गरेर बसेका छन् ।’

याे पनि पढ्नुस  कोरोना आशंका गरिएकी काठमाडौंकी युवतीको वीर अस्पतालमा मृत्यु

दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने बताइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्