Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा सुनचाँदीको मूल्य पछिल्लो दिनयता लगातार घटिरहेको छ । सोमबार २ सय रुपैयाँ घटेको सुनको मूल्यमा मंगलबार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलामा ६९ हजार २ सय र तेजाबी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन तोलामा ७० हजार र तेजाबी सुन प्रतितोला ६९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगबलार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: