Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि उकालो लाग्यो सुनको मूल्य, एकैदिन ६०० रुपैयाँले बढ्यो

काठमाडौंः केही दिनयता नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार मंगलबारको तुलानामा बुधबार ६ सय रुपैयाँले सुनकाे मूल्य बढेकाे हाे ।

मंगलबार छापावाला सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भएको थियो ।

आज भने ६ सय बढेर प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने आज घटेको छ ।

मंगलबार प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै मंगबलार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: