कर्तव्य ज्यान उद्योग मुद्दाका फरार ३ जना अभियुक्त दाङबाट पक्राउ

दाङ । दाङमा प्रहरीले कर्तव्य ज्यान उद्योग मुद्दाका फरार ३ जना अभियुक्त पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले तुलसीपुर-६ सुकौरा रोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा तुलसीपुर-६ का २३ वर्षीय दिपेश केसी, गुल्मी कुस्मा गाउँपालिकाका-२ का २५ वर्षीय आकाश केसी र तुलसीपुर-५ का पवन वली रहेका छन्।

याे पनि पढ्नुस  ३ लाख नगदसहित ९ जुवाडे पक्राउ

उनीहरुविरुद्ध गत वर्ष २०७५ साल चैत १७ गते सल्यान रोड अरनिको खेलमैदान नजिक गणेश हमाललाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलिरहेको छ। सुकौरा रोडमा उनीहरु लुकेर बसेको सूचनाका आधारमा प्रहरी हवल्दार देवबहादुर विकको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कमेन्ट गर्नुहोस्