Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘आमा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीपेन्द्र के खनालले आज विहान सामाजिक सञ्जालमार्फत फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा सुरक्षा पन्तले प्राथमिकता पाएकी छन् । सुरक्षा आधा र पुरै मुन्डन गरेको कपालसहित देखिएकी छन् । यस्तै पोस्टरमा चलचित्रर्की अर्की मुख्य अभिनेत्री मिथिला शर्मा पनि फिचर्ड छिन् ।

निर्माणको चरणमा रहेको चलचित्र ‘आमा’ले डविङ सकिसकेको छ ।

लामो समय लगाएर पानीमा सुटिङ गरेको चलचित्र दसैंपछि साउन्डका लागि इन्डिया लैजाने निर्देशक खनालले जानकार दिए ।

चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गरेकी थिइन् । चलचित्रमा रहेको कथाका आधारमा उनले कपाल मुन्डन गरेकी हुन् ।

‘आमा’मा सुरक्षासँगै मिथिला शर्मा र सरिता गिरी मुख्य भूमिकामा छन् ।

सोसल ड्रामा ‘आमा’को कथा पनि निर्देशक दीपेन्द्रले नै लेखेका हुन् ।

फागुन ९ गते प्रदर्शन हुने चलचित्र निर्देशक स्वयम्ले खिचेका छन् । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको ‘आमा’ उनको करिअरको महत्वाकांक्षी चलचित्र हो । खनालले ‘आमा’ ‘पशुपतिप्रसाद’ भन्दा राम्रो बनाउने दाबी गर्दै आएका छन् ।

“हरेक घरका सदस्यले भोगेको र भोगिरहेको कथा छ यो चलचित्रमा,” खनाल भन्छन्, “आफैंले भोगेको र देखेकाले जीवनसँग जोडिएको हुनाले यो चलचित्रले हरेक दर्शकको मन जित्नेमा म ढुक्क छु । पशुपतिप्रसादमा जसरी सानो सानो कुराले दर्शकको मन छुएको थियो । त्यस्तै समाजका साना साना कुरालाई यो चलचित्रमा उतारेका छौं ।”

कमेन्ट गर्नुहोस्

%d bloggers like this: