Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रयोग गरेर फालिएका सामानबाट आर्कषक मूर्ति

काठमाडौं । भनिन्छ ‘कला र सिर्जनालाई कुनै नियममा बाँध्न सकिन्नँ।’ कलाको शैली व्यक्तिअनुसार फरक फरक हुन्छ। सिर्जनाले बोक्ने भाव पनि अनेक हुन्छ। हामिले प्रयोग गरेर फालेका प्लाष्टिक, बोतल, क्यान जुसका बट्टा, नकुहिने मेटलहरु जम्मा पारेर फाइबरले मोडेर मूर्तिकार विजय मर्हजनले गजवको मुर्ति तयार पारेका छन्।

ुधर्म, कर्म र कुकर्मु शीर्षकमा तीनवटा उस्तै आकारप्रकारका मुर्तिहरु सजाइएको छ आर्ट काउन्सिलमा। हिमालय आर्ट फेस्टिभलको लागि उनले करिव १५ दिन लगाएर यी मुर्ति तयार पारेका हुन्। मर्हजन हरेक चित्रले एउटा विचार बोक्छ भन्छन्। मुर्तिमा गर्भवति महिलाको आधा शरिर देखाइएको छ। एउटा चित्रमा महिलाको हातले पेटको बच्चालाई माया गरेको दृष्य छ, यसलाई असल कर्मसँग जोडिएको उनको भनाइ छ। त्यस्तै अर्को मुर्तिकी महिलाले हातमा भगवानको मुर्ति लिएकी छन्। यसलाई गर्भावस्थामा मानसिक स्वास्थ्यको लागि पनि ध्यान, तथा भगवानप्रतिको आस्थाले गर्दा पेटको बच्चामा पनि राम्रो सन्देश जाने मान्यतालाई देखाइएको उनले बताए ।

तेस्रो मुर्तिलाई कुकर्म नाम दिइएको छ जहाँ गर्भवती महिलाले हातमा चुरोट समाएकी छन्। गर्भाबस्थामा चुरोट पिउनु आमा र बच्चा दुवैको लागि हानिकारक हुने भएकाले यसलाई कुर्कम नाम दिइएको विजय बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: