Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

थाइल्याण्डमा आश्चर्यचकित बौद्ध स्तुपा, बियरका बोतलबाट निर्मित

काठमाडौं । हामीले विभिन्न ठाउँका विभिन्न रोचक र अनौठा घटनाहरु सुन्दै र देख्दै आएका छौं । यस पृथ्वीमा केही प्राकृतिक रुपमै अनौठा र आश्चर्यचकित पार्ने स्थान छन् त केही मानव निर्मित ।

थाइल्याण्डमा यस्तै मानव निर्मित एउटा अचम्मको बौद्ध स्तुपा छ । सुन्दा पत्याउन मुस्किल हुन्छ । किनकी यो बौद्ध स्तुपा इट्टा, ढुंगा या सिमेन्टले बनेको छैन । बौद्ध स्तुपाको निर्माण बियरका खाली बोतलले गरिएको छ । स्तुपाको सबैतिरका पिलर समेत बियरका बोतलले नै बनाइएको छ ।

यस स्तुपालाई देखेर इन्जिनियर नै चकित हुने गर्छन् । यस बौद्ध स्तुपाको अवलोकन गर्न टाढा–टाढादेखि वर्षेनी लाखौंको संख्यामा मानिसहरु यहाँ आउने गर्छन् ।

थाइल्याण्डको शिशकेत प्रान्तमा रहेको यो स्तुपा बनाउनका लागि दश लाख बियरका बोतलको प्रयोग गरिएको बताइन्छ । यस बौद्ध स्तुपामा भिक्षु पनि बस्दै आएका छन् । खबर हबबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: