Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि आकाशियो सुनको मूल्य, एकैदिन ११ सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा फेरि सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बुधबारको तुलानामा बिहीबार ११ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे । तर, आज भने बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

यस्तै बुधबार प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८ सय ५० रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: