Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एउटा बाख्रो मर्दा कम्पनीलाई २.६८ करोडको नोक्सानी, सरकारलाई ४६ लाखको घाटा

काठमाडौं, जनावरको दुर्घटनाको समाचार त धेरै सुनिएका होलान, तर बाख्राका कारण कम्पनीले करोडौंको नोक्सानी ब्यहोरेको सुन्नु भएको छ ?

तर यो साँचो समाचार हो । कोयला उत्पादन गर्ने महानदी कोलफिल्ड्स कम्पनीलाई एउटा बाख्राको मृत्यु निकै ठूलो सजाय बनेको छ ।

यो भारतको उडिसाको घटना हो । त्यहाँ सडक दुर्घटनामा बाख्रा मरेका कारण महानदी कोलफिल्ड्स लिमिटेडलाई २.६८ करोडको घाटा भएको हो ।

 

के हो त घटना ?

भयो के भने एउटा कोइला परिवहन टिप्परले एउटा बाख्रा मारेपछि तनाव सिर्जना भएको थियो । बाख्राको मृत्यु भएपछि स्थानीय मानिसहरुले आन्दोलन शुरु गरे ।

स्थानीय महिलाहरुले क्षतिपूर्ति सहित आन्दोलन गरेपछि कम्पनीको काम ठप्प भयो । बाख्रा मारेकोमा ६० हजार रुपैयाँ क्षतिपूर्ति मागेका थिए ।

सोमबार बिहान ११ बजेदेखि काम ठप्प भएपछि कम्पनीको अहिलेम्म करोडौंको नोक्सानी भएको हो ।

साथै काम रोकिंदा सरकारी राजस्वमा समेत लाखौं घाटा भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: