चौथो सिजनको डीपीएल फागुनमा, ६ टिमको सहभागिता रहने

काठमाडौंः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको चौथो सिजन आउँदो फागुन ३ देखि १५ गतेसम्म हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए)का अनुसार राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा आउँदो फागुनमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहने छ ।

गत वर्षको संस्करण सिवाइसी अत्तरियाले जितेको थियो । अत्तरियाले ३० लाख रकम हात पारेको थियो ।

सिटी बेस फ्रेन्चाइज क्रिकेटको अवधारणाको साथ पहिलो संस्करणबाट देशमा आफ्नो छुट्टै पहिचान बनाएको डीपीएल यो पटक झनै भव्य बनाउने आयोजकले जानकारी दिएको छ । फाइल फाेटाे

कमेन्ट गर्नुहोस्