मेलिना र बिकुको आवाजमा ‘लिङ्गे पिङ’ बजारमा (भिडियोसहित)

काठमाडौंः एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेकी लोकप्रिय गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएकाे छ ।

उनी र बिकु क्षेत्रीको आवाजमा रहेको ‘लिङ्गे पिङ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक आज सार्वजनिक गरिएको हो ।

उनीहरुको यो गीतमा राजनराज सिवाकोटीको संगीत, नरेन्द्र बियोगीको एरेन्ज रहेको छ । यस्तै गीतको भिडियोमा नेपाल आइडल रवि ओड, रञ्जित पौडेल, दीपा दामानाको मोडलिङ, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको कलर–सम्पादन रहेको छ । भिडियोलाई राजेन्द्र कटालले कोरियोग्राफी र सुरेन्द्र बासेलले निर्देशन गरेका हुन् ।

याे पनि पढ्नुस  ‘नीरमाया’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

कमेन्ट गर्नुहोस्