खोलामा डुबेर दाङमा २ किशोरीको मृत्यु

दाङः दाङमा  खोलामा डुबेर दुई किशोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका–९ बाङेताल निवासी कुमार घर्तीकी १४ वर्षीया छोरी टीका घर्ती र घोराही १० नारायणपुर बस्ने वर्ष १४ की निर्मला बोहराको ज्यान गएको हो ।

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

बिहीबार अपरान्ह साढे पाँच बजेतिर घर नजिकै रहेको खोलामा नुहाउन गएका उनिहरुको डुबेर ज्यान गएको हो। निर्मला बोहोरा ठूलीआमाको घरमा आएकी थिइन्।

मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ। टिका माध्यामिक विद्यालय अमिलियामा कक्षा ९ मा अध्ययनरत थिइन् भने निर्मलाले पनि नारायणपुरको विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ।

याे पनि पढ्नुस  बागी उम्मेदवार चौधरीलाई नेकपाले गर्‍यो बर्खास्त

कमेन्ट गर्नुहोस्