ब्युरोक्रेसीको सेवा प्रवाह प्रभावकारी हुनु आवश्यकः मन्त्री थापा

काठमाडौंः महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले कर्मचारी जनताको स्थायी सरकार भएकाले प्रभाबकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताएकी छन् ।

समाज कल्याण परिषद्ले बिहीबार आयोजना गरेको वडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको जुनसुकै सामाजिक परिवर्तनका लागि कर्मचारीको योगदान अतुलनिय रहेको धारणा व्यक्त गरिन् ।

उनले थापाले संघिय लोकतान्त्रिक गणतन्त्र सहितको शासनसत्ता जोगाउनका लागि सबै मिलेर अगाडि बढ्न आग्रह गरिन् ।

वडादशैं सत्यको बिजयको रुपमा मनाइने पर्व भएपनि हाम्रो समाजमा पूर्णरुपमा सत्यको विजय भइनसकेको उनको भनाई थियो ।

उनले समाजमा अझैं पनि विभेद, शोषण, दमन, अन्याय र अत्याचार रहेका कारण त्यसलाई परास्त गर्न अभियान संचालन गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री थापाले विगतमा जनता भन्दा माथि कोही एकजना व्यक्ति शासन गर्ने व्यवस्थाको अन्त्य भएर जनताद्धारा निर्वाचित जनताकै छोराछोरीले शासनसत्ता सञ्चालन गर्ने व्यवस्था शुरु भएको बताइन् ।

कमेन्ट गर्नुहोस्