Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल लोक स्टारः टप–५ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लाग्यो, बाहिरिए रविराज

काठमाडौंः नेपाल लोक स्टारको टप–५ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । आज सर्लाहीका रविराज झा बाहिरिएसँगै लोक स्टारको टप–५ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो ।

लोक स्टारको टप–५ मा पविन्द्र सुनार, शनि विश्वकर्मा, रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामे पुगेका छन् ।

हरेक शुक्रबार साँझदेखि एपीवान टेलिभिजनमार्फत् प्रसारण हुने यो रियालिटी शोमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनिता दुलाल निर्णायक रहेका छन् । कार्यक्रम सञ्चालकको भूमिकामा नरेश भट्टराई र सुगरिका केसी रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: