तीन साता अघि बेपत्ता भएका सशस्त्रका हवल्दार अझै भेटिएनन्

धनगढीः कैलालीबाट ३ साता अघि बेपत्ता भएका सशस्त्र प्रहरी जवान अझै भेटिएका छैनन् । दार्चुला स्थायी घर भई सशस्त्र प्रहरीमा कार्यरत रमेश सिंह धामी अझै नभेटिएका हुन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ खालीडाँडाका सशस्त्र प्रहरी जवान धामी वेपत्ता नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत थिए। भदौँ २३ गते विदा लिएर घर आएका धामी २४ गतेदेखि वेपत्ता भएका हुन्।

उनको अन्तिम ‘फोन लोकेशन’ कैलालीको चिसापानी देखिएकोले सोही ठाउँबाट उनी वेपत्ता भएको हुनसक्ने प्रहरीले जनाएको छ। धामीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्