महोत्तरीः महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिरमा लाग्ने भूत मेला आजबाट सुरु भएको छ ।
हरेक वर्ष बडादशैँको सप्तमीदेखि सोनामाईमा लाग्ने भूत मेला आजबाट शुरु भएको हो ।
औरही नगरपालिका–७ मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ ।
बडादशैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौं दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।
भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ ।
सप्तमीदेखि बिजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारत देखि हजारौ दर्शानर्थी मन्दिर आईपुग्ने गरेको मन्दिरका पुजारी केदार झाले जानकारी दिए ।
नवदुर्गाको ९ रुप मध्ये यहाँको शक्तीपिठलाईसमेत एक मान्ने गरिएको छ ।