Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘वार’को आक्रामक व्यापार, तोडियो कीर्तिमान !

काठमाडौंः बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

२ अक्टुबरदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिन भारतमा मात्रै ५३ करोड ३५ लाख रुपैयाँ कमाएको छ ।

जसमध्ये ५१ करोड ६० लाख रुपैयाँको व्यापार चलचित्रको हिन्दी भर्सनले मात्रै कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै चलचित्र ‘वार’ यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्न सफल भएको छ ।

तुलनात्मक रुपमा यस चलचित्रले पहिलो दिन भारतमा ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

मिशन मंगलले पहिलो दिन २९ करोड १६ लाख रुपैयाँ कमाएको थियो भने साहोको हिन्दी भर्सनले पहिलो दिनमा २४ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।

भारतमा ४ हजार सिनेमा हलबाट रिलीज भएको यस चलचित्र विदेशमा भने १ हजार ३ सय ५० सिनेमा हलबाट रिलिज भएको छ । अहिले यस चलचित्र २ सय सिनेमा हलबाट प्रदर्शन भइरहेको छ ।

पहिलो दिन यस चलचित्रले ५१ करोड ६० लाख कमाएको थियो भने दोस्रो दिन २३ करोड १० लाख कमाउन सफल भयो ।

ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरेको तथ्यांकअनुसार, चलचित्रको हिन्दी भर्सनले शुक्रवार २१ करोड ३० लाख रुपैयाँ र तेलुगू–तमिल भर्सनले १ करोड १५ लाख रुपैयाँ कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: