कश्मिरमा ग्रेनेडद्वारा हमला, १४ घाइते

श्रीनगर, दक्षिण कश्मिरको अनन्तनाग जिल्ला उपायुक्तको कार्यालय बाहिर ग्रेनेड हमला भएको छ ।

आतंककारीहरुले गरेको हमलामा १४ जना घाइते भएका छन् ।

घाइते हुनेमा एकजना प्रहरी र एकजना पत्रकार रहेका छन् ।

प्रहरीका अनुसार, अनन्तनागको कडा सुरक्षा व्यवस्थालाई चिर्दै परिसरबाहिर गस्ती दलमाथि बिहान ११ बजे ग्रेनेड फालिएको थियो ।

ग्रेनेडको निशाना सही नभएको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । घाइतेहरुको अस्पतालमा उपचार हुँदै छ ।

घटनाको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।

अहिले उक्त क्षेत्रको चौतर्फी घेराबन्दी गरी अनुसन्धान शुरु भएको छ ।

file photo

कमेन्ट गर्नुहोस्