Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सलमानद्वारा प्रियंकासँग खेल्न अस्वीकार, बलिउडमा हंगामा

मुम्बई । भारतीय चलचित्र उद्योगमा ब्राण्ड बनेका कलाकार सलमान खानका कारण अहिले बलिउड तातेको छ ।
पछिल्लो समाचार अनुसार, सलमान खानले चर्चित नायिका प्रियंका चोपडासँग चलिचत्र खेल्न अस्वीकार गरेका छन् ।

सलमान खानलाई जति नरम मिजाजको मानिन्छ, त्यति नै उनको रिसको पनि चर्चा हुन्छ । कोहीसँग रिस उठे उनले त्यसलाई निकै गम्भीरतापूर्वक लिन्छन् ।

यस्तै भएको छ प्रियंकाको विषयमा पनि ।

कुनै बेला चलचित्र भारतमा प्रियंकालाई अनुबन्धित गरिएको थियो । तर अन्तिममा आएर प्रियंकाले चलचित्र छोडिन । यसबाट चलचित्र निर्माण नै अस्तव्यस्त अवस्थामा पुग्यो । त्यसपछि सलमानले क्याटरिनालाई चलचित्रमा स्थान दिए । तर उनले प्रियंकाको धोकालाई बिर्सेका थिएनन् ।
प्रियंकाको यो कदमपछि उनले सार्वजनिकरुपमा केही नभनेपनि उनले अहिले चलचित्र राधेमा भने त्यसको बदला लिएका छन् ।

अहिले भने सलमान दबंग ३ का लागि व्यस्त छन । तर आगामी इदमा रिलिज हुने घोषणा गरिएको चलचित्र राधेको पनि तयारी चलेको छ । यो चलचित्र कोरियन चलचित्र द आउटलाजको हिन्दी रिमेक हो । सलमान यसमा प्रहरी अधिकृत हुनेछन् ।
राधेका लागि हिरोइन खोज्ने क्रममा प्रियंकाको नाम प्रस्ताव गरिएको थियो । तर सलमानले यो कुरै नसुनी प्रस्ताव खारेज गरे ।

अब चलचित्रमा कसलाई ल्याइन्छ त्यो भने हेर्न बाँकी छ । तर यो घटनाले प्रियंका र सलमानका बीचमा अझै दूरी बढने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: