Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मुडभरी समाजको वार्षिक साधारण सम्पन्न, अध्यक्षमा जोशी चयन

कैलालीः काफली मुडभरी समाजको ११औं वार्षिक साधारण सभा तथा दशैं दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम शनिबार धनगढीमा सम्पन्न भएको छ ।

वार्षिक साधारणसभा तथा दशैं दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम डोटीको शिखर नगरपालिका नगर प्रमुख सिताराम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभाले ११ सदस्यीय कार्यसमितिसमेत गठन गरेको छ ।

समितिको अध्यक्षमा डम्मर नाथ जोशीलाई चयन गरिएको छ । यस्तै उपाध्यक्षमा बिष्णु प्रसाद जोशी, सचिवमा राम चन्द्र शर्मा, कोषाध्यक्षमा डिल्ली राज जोशी, सहसचिवमा युवराज जोशीलाई चयन गरिएको छ ।

त्यस्तै साधारण सभाले कार्यसमितिको सदस्यमा उमेश प्रसाद जोशी, मदनराज शर्मा, डिल्लीराज शर्मा, टिकाराम शर्मा, सुजित र थानेश्वरी जोशीलाई चयन गरिएको सहसचिव युवराज जोशीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: