Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युएईमा ४ नेपाली अलपत्र

युएई,असोज १९।रोजगारीका लागि युएई आएका चार नेपाली कामदार करार अवधी पूरा गरेर पनि स्वदेश फर्किन नपाउदा भोकभोकै बस्न बाध्य भएका छन् ।

दुई बर्ष अघि युएईको शार्जहा स्थित मस्को इन्टरनेशनल टेक्निकल शर्भिस नामक सप्लाइ कम्पनीमा काम गर्न आएका उनिहरु सम्झौता अनुसारको करार अवधी पूरा गरेर पनि कम्पनीले स्वदेश नफर्काउदा अलपत्र परेका हुन्।

हाम्रो भिषा सकिएको ३ महिना भयो कम्पनीले नयाँ भिसा पनि लगाउदैन बाकी तलब पनि दिदैन नेपाल जान्छौ भन्दा पैसा छैन जहिले पैसा हुन्छ त्यहिले पठाउछु भन्छ दसैंमा पनि घर जान सकिएन पीडित मध्यका एक डडेल्धुराका बहादुर खत्रीको गुनासो छ।

यता पीडितहरुले अलपत्र परेको गुनासो गरेपछि इनास युएईका राम तामाङले केहि दिनको लागि रासनको ब्यबस्था गरेको र उनिहरुको समस्या गराउन पहलका लागी गैर आवासीय नेपाली संघ युएई र युएई स्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको पीडितहरु बताउँछन् ।

तीन महिना देखि भिसा सकिएर अवैधानिक बनेका उनिहरुलाइ समस्या समाधान गरि तत्काल नेपाल फर्काउन सम्बन्धित कम्पनी संग कुराकानी चलिरहेको दूतावास स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: