Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिकाका चर्चित सेक्स स्क्याण्डल: राष्ट्रपतिदेखि प्रधान न्यायाधिशसम्म

सन् १७७६ देखि अहिले पदमा आसिन राष्टपति, मन्त्री, सांसद गरी पाँच दर्जन भन्दा बढी उच्च पदस्थ राजनीतिक नेता, संवैधानिक पदमा रहेकाहरु सेक्स स्क्याण्डलमा परेको पाइन्छ । तीमध्ये अधिकांश पदमा रहेका बेला नै आरोपित भएका छन् । कतिबेला यो आरोपलाई ती पदाधिकारीहरुले अस्वीकार गरेको वा माफी मागेको पाइन्छ । कतिपय समयमा यो स्क्यान्डलका कारण राजीनामा गरी, पराजीत भई वा चुनावमा फेरि नउठ्ने निर्णयका आधारमा पद गुमाउनु परेको छ । सन् १७७६ देखि १८९९सम्म ११ जना यो आरोपबाट आरोपित रहेका छन् ।

अमेरिकी विवाहित अर्थमन्त्री एलेग्जेन्डर हमिल्टनको विवाहित मारिया रेनल्डससँगको सम्बन्ध, राष्ट्रपति थमस जेफर्सन र एन्डरु ज्याक्समाथिको सेक्स स्क्यान्डल विशेष चाख लाग्दो छ । साथै यो अवधिमा पेटीकोट अफेयर पनि विशेष रुपले चर्चित र त्यसपछि सेक्स स्क्यान्डलको अर्को बुझाइ पेटीकोट अफेयरको रुपमा भएको पाइन्छ । अर्थमन्त्री एलेग्जेन्डरले आफ्नो सम्बन्ध लुकाउन मारियाका पतिले ब्ल्याकमेल गरे पनि रकम दिन बाध्य भए तर सन् १७९७ मा पत्रकार जेम्स क्यालेन्डरले यो मामिला सार्वजनिक गरेपछि पद गुमाउनु परेको थियो । उनले त्यसपछि सार्वजनिक रुपमा माफी मागेका थिए ।

राष्ट्रपति जेफर्सनमाथि उनका दासी सेली हेमिंग्सका सन्तानको पिता भएको आरोप लागेको थियो । यो विषय विवादित बनेको थियो । तर २००० जनवरीमा थमस जेफर्सन फाउन्डेशनले डीएनए परीक्षणबाट उनीहरु उनका सन्तान भएको दर्र्र्र्शाएको जनायो । एन्डरु ज्याक्स फ्लोरिडाको गभर्नर हुँदै राष्ट्रपति भएका थिए । उनले सन् १७९१ मा राचेल डोनेल्सन ज्याक्सनसँग विवाह गरे । तर उनको पूर्वपतिले सम्बन्ध विच्छेदको कागजी कारबाही पूरा नगरेकाले उनको त्यो विवाह खारेज भएपछि १७९४मा फेरि विवाह गर्नु परेको थियो ।
सिनेटर रिचार्ड मेन्टर जोन्सन, जोन हेनरी इटन, जेम्स हेनरी हर्मन्ड,डेनियल वेबस्टर, जेम्स बुचानन, ग्रोभर क्लिभल्यान्ड, विलियम क्याम्पबेल प्रिस्टन ब्रेकन्रिज र जर्जक्यू क्यानन रहेका छन् ।

सन् १९०० देखि १९६९ सम्म आठ जना आरोपित भएका छन् । चार राष्टपति र सर्वोच्च अदालतका न्यायाधीशलगायत आरोपित भए । उडो विल्सन, वारेन हर्डिग, जोन एफ केनेडी र लिन्डन बी जोन्सन र न्यायाधीश विलियम ओ डगलस रहेका छन् । न्यायधीशविरुद्ध पर्याप्त प्रमाणको आधारमा महाअभियोग लगाइएको थिएन । केनेडी र जोन्सनमाथि धेरै महिलासँगको सम्बन्धबारे आरोप लगाइएको थियो ।
सन् १९७० देखि १९७९ बीच नौ जना सांसदहरु रहेका छन् ।

१९८० देखि १९८९ बीच ११ जना सांसदहरुमाथि आरोप लागेको थियो । डोनाल्ड बुज लुकेन्समाथि १६ वर्षे केटीसँगको यौन सम्बन्धका कारण ३० दिनको जेल र पाँच सय अमेरिकी डलर जरिवाना गरिएको थियो ।

सन् १९९० देखि १९९९ सम्म एक न्यायधीश गरी सर्वाधिक चर्चित राष्टपति बिल क्लिन्टनमाथि लगाइएको आरोपहरु छन् । बिल क्लिन्टनले मोनिका लेविन्स्कीसँग मुख मैथुनको आरोप अस्वीकार गरे पनि उनको विरुद्ध महाभियोग लगाइयो, त्यस मतदानमा आवश्यक दुई तिहाइको संख्या नपुगेर असफल भएको थियो । यो महाभियोग असफल हुनुमा उनकी पत्नी हिलारी क्लिन्टनको साथ महत्वपूर्ण रह्यो । क्लिन्टनमाथि अर्को आरोप जुआनिटा ब्रोडडिकको तर्फबाट पनि लगाइएको थियो ।

सन् २००० देखि २००९ सम्म १७ जना सांसदहरुमाथि यो आरोप लागेको पाइएको छ । अनि सन् २०१० को यो दशकमा वर्तमान राष्टपति डोनाल्ड टम्प र सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुन अघि लगाइएको आरोप गरी १७ जनामाथि आरोप लगाइएको पाइएको छ । ट्रम्पमाथि १३ जना महिलाले आरोप लगाएका छन् । राजनीतिक नेता तथा उच्च पदस्थ अधिकारीहरुमाथि यौनसम्बन्धी आरोपको विषयमा पर्याप्त प्रमाण र विद्यमान कानुनका अधिनमा रही कानुनी उपचार खोजिएको पाइएको छ । डेमोक्रेटस र रिपब्लिकन दुबै पार्टीका सांसद र राष्ट्रपतिहरु यो आरोपबाट आरोपित भएका छन् । कतिपयले पद गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: