Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फिल्मी शैलीमा पल्सर २२० चोरी !

काठमाडाैं– टेस्ट ड्राइभ गर्ने बहानामा बजाज कम्पनीको पल्सर २२० सीसी इन्जिन क्षमताको मोटरसाइकल चोरी भएको छ ।

फिल्मी शैलीमा मोटरसाइकल चोरी भएको हो । एकजना अपरिचित युवाले सेकेण्ड ह्याण्ड बाइक चाहिएको भन्दै चाबहिलस्थित गंगाहिटीका एक व्यापारीलाई भनेपछि उनले आफ्नो भाइको मोटरसाइकल वेचिदिने चाजोपाजो मिलाए ।

मोटरसाइकल नहेरीकनै चोरले बाइकको मूल्य तोकिदियो २ लाख २५ हजार । बा९८प ६४३२ नम्बरको मोटरसाइकल वेच्ने तयारी भएपछि दैलोज क्याफे चाबहिलमा एकछिन बसेर छलफल जस्तो भयो । त्यसपछि चोरले बाइक टेस्ट ड्राइभ गर्छु भनेर हुइँक्यायो । ए भाई पर्ख न म पनि जान्छु भन्दा उ टाप कस्यो । बाइक चोरी भयो ।

यस्तो थियो घटनाक्रमः

बाइक चोर ४/५ दिनदेखि त्यो क्षेत्रमा आउने बस्ने चिया चुरोट खाने गर्थ्यो । उ सधै बिहान ७ बजे नै आउथ्यो र साझँ ८ बजे फर्किन्थ्यो । किराना पसल चलाउदै आएका राजेश खड्का (राजेन्द्र) पसलमा व्यस्त हुन्थ्ये । तर, त्यो चोर बेलाबेलामा आएर दाई मलाई एउटा पल्सर २२० चाहियो, छ भने कतै हेरिदिनुस न है भनेर भन्न थाल्यो । उनले त्यसैमा भाईको बाइक वेच्ने निर्णय गर्न पुगे । उनले चाबहिलको गंगाहिटीमा पसल चलाउन थालेकै ९ वर्ष भइसकेको छ । त्यो क्षेत्रका व्यापारी उनले उसको नाम नी सोधेनन् । ठेगाना सम्म सोधेनन् । तर उसले एउटा फोन नम्बर दिएको थियो । त्यो नम्बर अर्कैको परेछ ।

२०१७ मोडलको मोटरसाइकल झण्डै १६ हजार हाराहारीमा गुडेको हुँदो हो । 3EY3HCF65173 च्यासिस नम्बर र DLC4CHF54780 इन्जिन नम्बर भएको २२० पल्सर यसरी एकाएक चोरी होला त्यो पनि किन्छु भन्ने मान्छेबाट राजेन्द्रलाई शंका नै लागेन ।

उसको कुरा सुनेपछि राजेन्द्रले आफ्नै भाइको कालो रातो रंगको २२० पल्सर मोटरसाइकल वेच्ने निर्णय गरे । चोरले मोटरसाइकल नहेरीकन नै मूल्य तोकिदियो २ लाख २५ हजार । उनी भनेको भन्दा केहि राम्रो दाम आउने देकेपछि मख्ख परे ।

चोरलाई आफ्नै मोटरसाइकलमा बोकेर पुगे, दैलोज क्याफे अगाडी । उसले त्यहाँ आफ्ना केहि साथीहरु समेत तयार पारेर राखेको रहेछ । तर, उनलाई यसबारे कुनै जानकारी नै भएन् । क्याफेमा चोरका साथीहरु समेत रहेछन् । त्यसको समेत वास्ता भएन् । मोटरसाइकल वेच्ने हतारो न थियो ।

चोरले मोटरसाइकल टेस्ट ड्राइभ गर्छु भन्दा बाइकको चाबी दिएका राजेन्द्रले ए भाई नभन्दै उसले बाइक स्टार्ट गरेर हिडिसकेको थियो । एकछिन त पछाडी पछाडी कुदे । तर, उनको केहि सीप चलेन । बाइक चोरी भयो । प्रहरीलाई उनले फपोन गरेर जानकारी गराए तर, बाइक भने पत्तो लागेन् ।

उनी बाइक चोरीको पीडाले रनथनिएर ट्राफिक कार्यालय बग्गीखाना पुगे । त्यहाँ उनले देखे त्यहि चोरको फोटो । त्यो पनि बाइक चोरको लिस्टमा ।

फेरी दैलोज क्याफेमा पुगेर सीसी टिभि फुटेज हेरे । त्यहाँ बाइक चोरीको सबै घटना रेकर्ड भएको रहेछ । उनी अवाक बने । चोरले कसरी झुक्यायो भन्नेबारे उनी आजसम्म अचम्मित बन्छन् । उनी मोटरसाइकल प्रहरीले फेला पारिदिन्छ की भनेर आशा भने मारेका छैनन् । उनले उजुरी सम्बन्धित निकायमा दिएका छन् । तर, मोटरसाइकल भेटिएला नै भनेर भने ढुक्क छैनन् । लुम्बिनी डट.कमबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: