हङकङद्वारा नेपाललाई १२६ रनको लक्ष्य, करनले लिए ४ विकेट

काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।

उसका लागि वकास बराकातले ३७, किशित शाहले ३१, नजकत खानले २३, शसन अब्बासीले १३ रन बनाए ।

याे पनि पढ्नुस  भारतको चौथो विकेट पतन, कप्तान कोहली सस्तैमा आउट

बलिङमा करन केसीले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । अविनाश बोहराको नाममो एक विकेट रह्यो ।

कमेन्ट गर्नुहोस्