टी–२० सिरिजः नेपालको खराब सुरुवात, पारस शून्यमै आउट (LIVE)

काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा हङकङले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले पहिलो ओभरको पहिलो बलमै कप्तान पारस खड्कालाई शून्य रनमा गुमाएको छ । उनी किशित शाहको बलमा आउट भएका हुन् ।

याे पनि पढ्नुस  हङकङद्वारा नेपाललाई १२६ रनको लक्ष्य, करनले लिए ४ विकेट

यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरमा १ विकेट गुमाएर १३ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।

उसका लागि वकास बराकातले ३७, किशित शाहले ३१, नजकत खानले २३, शसन अब्बासीले १३ रन बनाए ।

याे पनि पढ्नुस  एसिया कप छनोटः नेपाल ९५ रनमै समेटियो, तीन खेलाडीले खाता खोल्न सकेनन् !

बलिङमा करन केसीले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए । अविनाश बोहराको नाममो एक विकेट रह्यो ।

कमेन्ट गर्नुहोस्